arrow

रामकृष्ण चित्रकार बने ललितपुर २ ‘ख’ बाट सांसद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ramkrishna-chitrakar-congress-2079.jpg

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजामा चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए । 

निर्वाचन कार्यालयका अनुसार हाम्रो नेपाली पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाकी हसिना शाक्यले ३ हजार ७८५, नेमकिपाका महेन्द्र ब्रह्माचार्यले १ हजार १६८ मत प्राप्त गरेका छन् । 

जसपाका सवितकुमार महर्जनले १३६, नेश्नलिष्ट पिपुल्स पार्टीका मनिषकृष्ण जोशीले ९७, राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८, स्वतन्त्र उम्मेदवार मधुर महर्जनले २५, विनोद शाक्यले १८ र ज्ञानीशोभा महर्जनले ६० मत प्राप्त गरेका छन् । 

४० हजार ७६७ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ