arrow

प्रतिनिधिसभा समानुपातिकतर्फ घण्टी तेस्रो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौं ।  प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घण्टी हालसम्म तेस्रो स्थानमा रहेको छ । 

समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा  देखिएको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ ।

समानुपातिकतर्फको मतगणनामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी ९जसपा० लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् । 

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार दुई सय मतसहित चौथो र राप्रपा ४५ हजार पाँच सय ९६ मतसहित पाँचौँ स्थानमा छ ।

त्यस्तै छैटौँ स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार तीन सय ७८ मत पाएको छ । सातौँ स्थानको जसपाले १३ हजार नौ सय ७९, आठौँ स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार नौ सय ५९ र नवौँ स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ । नौ हजार चार सय १० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिकतर्फको मतगणनामा दशौँ स्थानमा छ । ---



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ