रामचन्द्र पौडेलले बढाए मतान्तर, एक हजार बढी मतले अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
1.2k
Shares
डुम्रे । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतान्तर बढाएका छन् । नेता पौडेलले एक हजार एक सय ३२ ले मतान्तर बढाएका हुन् ।
जम्मा १८ हजार तीन सय ५३ मतगणना गर्दा कांग्रेसका वरिष्ठ नेता पौडेलले छ हजार आठ सय तीन मत पाएका छन् । त्यस्तै नेकपा (एमाले)का एकबहादुर रानाले पाँच हजार छ सय ७१ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।