ललितपुर । ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई हराउँदै गठबन्धनका उम्मेदवार राणा विजयी भएका हुन् ।
राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने । भने एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।
सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा उनी विजयी भएका हुन् ।