arrow

झापा १ मा विश्वप्रकाश ११ हजार बढी मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
bishow-prakash-sharma_agni.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ मा जित्ने निश्चित प्राय भएको छ । उम्मेदवार शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ११ हजार ६१५ मतले अगाडि रहेका छन् । 

 झापा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शर्मा ३१ हजार ११५ सय साथ अग्रस्थानमा रहेका छन् । 
उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार खरेल १९ हजार ५०० मतका साथ दोस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी ६ हजार १२६ मत ल्याएका छन् । त्यस्तै कुखुराको भालले ९२९ मत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ