- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । सागरको भन्दा देउवाले १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन् । देउवाले योसँगै डडेल्धुरामा सातौँ पटक जितका छन्।
डडेल्धुरामा ५१ हजार २०३ मत खसेको थियो।