arrow

काठमाडौं ७ मा गणेश पराजुली निर्वाचित, मानुषी तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
kathmandu-7-rsp-uml-maoist.jpg

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिन्हका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । 

पराजुलीको जितसँगै काठमाडौंमा घण्टीको तेस्रो जित हो । यसअघि काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-२ मा सोबिता गौतम विजयी भएकी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् । उनलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । 

 नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ