arrow

तनहुँ कांग्रेस सभापति आले प्रदेश सभा सदस्यमा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
jit prakash ale.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्यमा तनहुँ-२ (ख) बाट नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् ।

वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले एमालेका केदार सिग्देल भन्दा ६४० मतान्तरले विजयी भएका हुन् ।

आलेले १३ हजार ८६० मत प्राप्त गर्दा सिग्देलले १३ हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।

निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नं. २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । 

वि.सं २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिग्देलले यस पटक गण्डकी प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ