arrow

एमालेका खड्कालाई ५ हजार मतले हराउँदै सिन्धुलीमा कांग्रेसका बम्जन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nepali-congress-flag.jpg

सिन्धुली ।  सिन्धुली–२ (क) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । 

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले १८ हजार आठ, मङ्गोल नेशनल अर्गनाइजेशनका वोजनकुमार वलले दुई सय १६, नेपाल मजदुर किसान पार्टीका सङ्गीता दुवालले एक सय ३५ मत प्राप्त गरेका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ