arrow

तनहुँ कांग्रेसका जिल्ला सभापतिले एमाले उम्मेदवार हराए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
jitprakash-ale.jpg

तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका छन् । 

आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरेका छन् । 

प्रदेशसभामा निर्वाचित आले नेपाली कांग्रेसका जिल्ला सभापति छन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य छन् । 

विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्र्रतिस्पर्धा गरेका थिए । 

उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ