arrow

कास्की १ मा एमाले अघिअघि, कांग्रेस पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
kaski-1-election.jpg

कास्की । कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई सय ६५ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार एक सय १६ मतसहित पछ्याइरहेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले आठ सय ३६ मत ल्याएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ