arrow
ADVERTISEMENT

सिन्धुपाल्चोकको प्रदेशसभामा कांग्रेसकी मसिना विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
manisha-khadka.jpg

मेलम्ची ।  सिन्धुपाल्चोक–१ (क) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएकी छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन् । 

खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याएका छन् । 

 एक हजार एक सय ६२ मतले खड्काले निर्वाचन जितेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ