arrow

कास्की २ (क) बाट एमालेका भीम कार्की विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
Bhim Karki.jpg

पोखरा । गण्डकी प्रदेश सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भीमबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले १० हजार ५३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले ५८ सय ९३ मत ल्याए । 

नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५५ सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले २५ सय ९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले ४९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याएका छन् । 

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ