arrow

झापामा ओली १८ हजार मतले अगाडि, ३० हजार मत गन्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-2079-jhapa-5.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १८ हजार मतले अगाडि रहेका छन् । हालसम्म ७१ हजार ३ सय ४८ मत गणना हुँदा अध्यक्ष ओलीले हालसम्म ३६ हजार ४ सय ८८ मत ल्याएका छन् । 

ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी १८ हजार ४सय १६ मत ल्याएका छन् । अध्यक्ष ओली कांग्रेस उम्मेदवार भन्दा १८ हजार ७२ मतले अगाडि रहेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ७ हजार ९ सय ८० मत ल्याएका छन् । जनमत पार्टीका भीम राजवंशीले १३०९ मत ल्याएका छन् । 

झापा ५ मा १ लाख २ हजार १ सय ५० मत खसे थियो । अव करिब ३० हजार मत गणना हुन बाकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ