arrow

नारायण खड्का ४ सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
udayapur-1-narayan-khadka-manju-kumari-chaudhary.jpg

उदयपुर । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का प्रतिनिधि सभा निर्वाचनमा अग्रता कायमै गरेका छन्। 

उदयपुर क्षेत्र नं १ का उम्मेदवार डा खड्का निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरी भन्दा ४ सय २७ ले अगाडि रहेका छन् । 

१५ हजार ९२ मतगणना हुँदा खड्काले ६ हजार १५२ मत पाएका छन् भने एमालेकी चौधरीले ५ हजार ७२५ मतसहित पछ्याइरहेकी छिन् । 

त्यसै गरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ६ सय ९६ मत मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । 

उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ