arrow

शशांक १७ सय बढी मतले अगाडि, घण्टीले पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nawalparasi-1-sasank.jpg

कावासोती ।  नेपाली कांग्रेसका नेता डा शशांक कोइराला १७ सय बढी मतले अगाडि रहेका छन् ।  

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को मतगणनामा कांग्रेसका नेता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम भन्दा  १ हजार ७७६ मतले अगाडि रहेका हुन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका कोइरालाले पछिल्लो मतपरिणाम अनुसार १३ हजार ८९ मत प्राप्त गरेका छन् । 

कोइरालालाई घण्टी चुनाव चिन्ह रहेको  राष्ट्रिय स्वतन्त्र पार्टीका गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका छन् ।

साथै यस क्षेत्रमा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ