arrow

खोल्यो माओवादीले खाता, सिन्धुलीमा गाड्यो झण्डा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
sindhuli-2.jpg

सिन्धुली । नेकपा माओवादी केन्द्रले सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्यमा जितको खाता खोलेको छ । मतगणनाको चौथो दिनमा माओवादीले बल्ल पहिलो जित हासिल गरेको हो । 

सो क्रममा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहालले पहिलो जित दिलाए । उनले एमालेका मनोजजंग थापाभन्दा ६ हजार १६२ बढी मत ल्याएर जित निकालेका हुन् । दाहालले २७ हजार ५१७ मत ल्याए । 

थापाले २१ हजार ३५५ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५५३ मत मात्रै ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ