arrow

कमल थापा झण्डै ३ हजार मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
electoin-makwanpur-1-congress-uml.jpg

मकवानपुर ।  मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को हालसम्म ३८ हजार ५०५ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाएकी छिन् ।

डिनाले १४ हजार २०९ मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ११ हजार २४४ मत पाएका छन् । डिना, थापाभन्दा २ हजार ९६५ मतले अगाडि छिन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपक बहादुर सिंहले ८ हजार ५४३ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ