arrow

काठमाडौं २ को दुवै प्रदेशमा राप्रपा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
rpp-flag-crowed-ktm.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् । 

यसअघि काठमाडौं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए  । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए  । 
    
समानुपातिक मतगणना सुरु 
   
काठमाडौं क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ