arrow

पूर्णबहादुर खड्काले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
surkhet1.jpg

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर बढाउँदै लगेका छन् । सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका खड्का र नेकपा एमालेका ध्रुवकुमार शाहीबीच मुख्य प्रतिष्पर्धा छ । 

१० हजार मत गणना हुँदा खड्का शाहीभन्दा १९ सय ९३ मतले अघि छन् । निर्वाचन समितिका अनुसार कुल खसेको मत मध्ये हालसम्म १० हजार ३९९ मत गणना सम्पन्न भएको छ । 

गणना भएको मतमध्ये खड्काले पाँच हजार ९२२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शाहीले तीन हजार ९२९ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ