arrow

काभ्रेमा कांग्रेसका शिव ९४ मतले अघि, एमालेका गोकुल पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
kavre-2.jpg

काठमाडौ‌ । नेपाली कांग्रेस र नेकपा एमालेको पकड क्षेत्र रहेको काभ्रेमा दुई नेतारुबीच कडा प्रतिस्पर्धा रहेको छ ।

काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले अग्रता लिइरहेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटा ९४ मतले पछि रहेका छन् । यसअघि धेरै मतले पछि रहेका बाँस्कोटाले मतान्तर घटाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले १३ हजार १२० मत ल्याउँदा बाँस्कोटाले १३ हजार २६ मत प्राप्त गरेका छन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँ ५ हजार ३ मतसहित तेस्रो स्थानमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ