arrow

सहकर्मीलाई नै हराए गोकर्णले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-gulmi-2-uml-us.jpg

गुल्मी । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन् । 

नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । 

यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरे।

यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । 

उनको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
 
उनले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका छन् । 

विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । 

२०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ