arrow

हारपछि यसो भन्छिन् रामकुमारी झाँक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
ramkumari-jhakri-new.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रुपमा लिएको बताएकी छिन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै यसलाई सहज रुपमा लिएको जनाएकी हुन् । 

यद्यपि, पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी ठानेको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी डेपोलिटिसाइजेसन (अराजनीतिकरण –एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ चाहीँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

उनले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी  रहने बताएकी छिन् । निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका  सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् । 

उनले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छिन् । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धीको यात्रामा म सधैँ साथ रहने प्रतिबद्धता जनाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ