arrow

दाङको प्रदेशसभा एमालेका बलिभद्रलाई हराउँदै कांग्रेसका खनाल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nepali-congress-flag.jpg

देउखुरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्। खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका- ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए । 

खनाल २०७० मा दाङ-३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ