arrow

चार हजार बढी मतको मतान्तरसहित विनोद चौधरी अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg

नवलपरासी । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । उनले गणना भएको ४६ हजार ७८४ मतमध्ये १५ हजार ४९१ मत पाएका छन् । 

निवर्तमान सांसद जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी (कोदालो बोकेको किसान चिन्ह) दोस्रो स्थानमा आएका छन् । उनले ११ हजार ४६५ मत ल्याएका छन् ।

चौधरी र त्रिपाठीबीचको मतान्तर ४ हजार २६ मतको भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) का महेन्द्र सेन ठकुरीले १० हजार ६०२ मत पाएका छन् । त्यहाँ ८४ हजार २२९ मत खसेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ