arrow

मुस्किलमा सिटौला, लिङ्देन भारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं ।  नेपाली कांगेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जित्न सकस परेको छ । ०७४ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनसँग हारेका सिटौलालाई यसपालि पनि सकस परेको हो । 

०७४ सालको निर्वाचनमा लिङ्देन राप्रपाका नेता मात्र थिए । अहिले अध्यक्ष बनेपछि उनको सङ्गठन र क्षेत्रमा अझ प्रभाव परेको देखिन्छ । त्यसैको प्रभाव झापा निर्वाचनमा परेको छ । झापा क्षेत्र नं. ३ को मतगणनामा सिटौला लिङ्देनसँग २७ सय बढी मतले पछि परेका छन् । 

सुरुआतमा अग्रता लिए पनि सिटौला पछिल्लो समय लिङ्देन भन्दा पछि नै रहेका छन् । अग्रता लिन सकेका छैनन्। पछिल्लो मत परिणाम अनुसार लिङ्देन १९ हजार ६३३ मतका साथ पहिलो स्थानमा रहेका छन् । लिङ्देनका निकटतम प्रतिस्पर्धी मानिएका नेता सिटौलाले १६ हजार ८७० मत साथ दोस्रोमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ