arrow

समानुपातिकमा एमाले–कांग्रेसले दुई लाख र रास्वपा–माओवादीले लाख मत कटाए  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ । 

एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख १९ हजार ९०५ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख १२ हजार २९४ मतसहित तेस्रो स्थानमा छ । माओवादी केन्द्र १ लाख ० हजार ७०८ मतसहित चौथो स्थानमा रहेको छ । 

राप्रपा ५७ हजार ८८९ मतसहित पाँचौं, जसपा १८ हजार ७६० मतसहित छैटौं तथा जनमत पार्टी १७ हजार ५७८ मतसहित सातौं स्थानमा छ । 

नेमकिपा १६ हजार ५१० मतसहित आठौं, नेकपा एस १३ हजार ३२६ मतसहित नवौं तथा नागरिक उन्मुक्ति पार्टी ११ हजार ७३८ मतसहित दशौं स्थानमा छ । 

अन्य दलहरुले जम्मा ५० हजार ३४१ मत पाएका छन् । 

प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा नेमकिपा, गण्डकीमा एमाले, लुम्बिनीमा कांग्रेस अगाडि छ । कर्णालीमा माओवादी अगाडि छ । सुदूरपश्चिमको तथ्यांक आइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ