arrow

गोरखा १ (क) बाट कांग्रेसका कृष्ण र २ (क) बाट एसका फडिन्द्र विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
krishna dhital-phadindra devkota.jpg

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ को गण्डकी प्रदेश सभा ‘क’ बाट नेकपा (माओवादी) केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । 

उनले नेकपा (एमाले) का सुरेन्द्रबहादुर थापालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । धितालले १५ हजार ४५६ र थापाले ९८ सय २२ मत प्राप्त गरे ।

यस्तै, गोरखा निर्वाचन क्षेत्र नं. २ को गण्डकी प्रदेश सभा (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी बनेका छन् । देवकोटाले एमालेका राजु रानालाई पराजित गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ