arrow

बर्दिया २ मा रेशम चौधरीका बुबाले जिते निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
lalbir-chaudary-resham-father.jpg

मधुवन । रेशम चौधरीका बुबाले बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचन जितेका छन् । रेशम चौधरीका बुबा लालवीर चौधरी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै विजयी भएका हुन् । 

चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे । 

यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । 

रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो । 

क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ