arrow

बाग्लुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
chitra-bahadur-kc-2079.jpg

काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बाग्लुङ क्षेत्र नम्बर १को मतगणना सकिदा केसीले २१ हजार ४ सय ५१ मत पाउँदै जित हात पारेका हुन् ।

उनका प्रतिद्धन्द्धी एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत पाएका छन्।

यसपालिको प्रतिनिधि सभामा जनमोर्चाको पहिलो जित ८० वर्षीय केसीको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ