arrow

डिनालाई पछ्याउँदै कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
electoin-makwanpur-1-congress-uml.jpg

मकवानपुर ।  प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर-१ म सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् ।

डिनाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई २ हजार ४४७ मतान्तर बनाएकी छिन् ।

डिनाले अग्रता बनाउँदा थापा उनलाई पछ्याइरहेका छन् । उनी मतान्तर कम गर्न कसरतमा रहेका छन् ।

कुल ४४ हजार ८३२ मत गणना गर्दा डिनाले १५ हजार ६६३ मत पाएकी छिन् भने एमालेका थापाले १३ हजार २१६ मत पाएका छन् ।

उता राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले १० हजार ५५२ मतका साथ एमालेका थापालाई पछ्याइरहेका छन् । सो क्षेत्रमा कुल ९१ हजार ४८६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ