- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईएमई रेमिटेन्स कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ । विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा आईएमई परेको हो । सो ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकाल सबैभन्दा बढी कर तिरेबापट सम्मानित भएका छन् ।
ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवारसमेत हुन् । विदेशबाट रकम भित्र्याउने अग्रणी कम्पनीको रूपमा आईएमई धेरै आयकर तिर्नेमा सम्मानित हुँदै आएको छ ।
आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । सोही क्रममा ढकाल पनि सम्मानित भए ।