arrow

नबिल बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
Nabil-Bank-logo.jpg

काठमाडौं ।  नबिल बैंक लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ । बैंकहरुमा सबैभन्दा बढी कर तिरेसँगै नबिल बैंकलाई आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सम्मान गरेको छ । 

विभागले विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गर्ने क्रममा नबिललाई पनि सम्मान गरेको हो । 

कोरोना भाइरसको महामारीलाई पन्छाएर पनि आफ्नो पुरानो फर्मलाई निरन्तरता दिएर २०७७ सालमासमेत सबैभन्दा बढी कर तिरेको नबिलले यसपटक पनि सम्मानित हुने अवसर पाएको हो । 

नबिल बैंक नेपालको सबैभन्दा ठूलो घरानियाँ चौधरी ग्रुपको मुख्य लगानी रहेको बैंक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ