arrow

उत्तरलाई तर्साउन अमेरिकाले उडायो दक्षिण कोरियाको आकाशमा बम वर्षक विमान (भिडियो लिङ्क)

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
utar-koriya-new.jpeg
एजेन्सी । गत हप्ता उत्तर कोरियाले शक्तिशाली परमाणु परीक्षण गरेपछि अमेरिकाले पनि त्यसको जवाफमा मंगलबार दक्षिण कोरियाको आकाशमा आफ्ना दुई बम वर्षक विमान उडाएको छ ।
 
अमेरिकाले सो बम वर्षकमार्फत उत्तर कोरियालाई आफ्नो बल प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
 
उत्तर कोरियाका लागि अमेरिकी दुत सङ किमले दक्षिण कोरिया राजधानी सिओलमा कुरा गर्दे अमेरिका उत्तर कोरियाको परमाणु परीक्षणको चाहानालाई रोक्म प्योङ्याङसँग अर्थपूर्ण वार्ता गर्न तयार रहेको जनाएका छन् ।
 
किमले उत्तर कोरियाले गरेको पछिल्लो परमाणु परीक्षणका कारण चीनले पनि नयाँ सयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आवश्यकता परेको कुरा राम्ररी बुझेँको जनाएका छन् । 
 
यद्धपी चीन र रसिया दुवैले अमेरिकाको दक्षिण कोरियासँग मिलेर दक्षिण कोरियामा गतिशिल एन्टी मिसाइल सिस्टम परिचालन गर्ने निर्णयको कडा विरोध गरेका छन् । 
 
दुवै पक्षले उत्तर कोरियाले गरेको परमाणु परीक्षण कोरियन पेनेन्सुलाको शान्ति र स्थायित्वप्रति फाइदाजनक नहुने सोचेको मंगलबार बेजिङस्थित चीन रसियाबीच भएको एक उच्च स्तरीय भेटवार्तालाई उद्रित गर्दे पिपुल्स डेली चाइनाले जनाएको छ । 
 
उत्तर कोरियाले परमाणु परीक्षणको शृङ्खला अन्तर्गत पाँचौ परमाणु परीक्षण गर्ने तयारी गरिरहेका बखत अमेरिकाले चालेको कदमलाई निकै चाँसोका साथ हेरिएको छ । गत शुक्रबार मात्र उत्तर कोरियाले परमाणु परीक्षण गरेको थियो ।
 
 
शक्तिशाली मानिएको सो परमाणु परीक्षणमा ५.३ म्याग्नेच्युडको कृत्रिम भूकम्प महसुस भएको समाचारहरु आएका थिए । उत्तर कोरियाले परमाणु परीक्षण मार्फत देखाएको हर्कतको अमेरिकाले भने कडा निन्दा गर्दे आएको छ । भिडियाे हेर्न  क्लिक गर्नुस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ