arrow

कञ्चनपुर ३ मा रमेश लेखकको जित निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-kanchanpur-3-congress-uml.jpg

काठमाडौं । कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक जित निश्चित भएको छ ।

५० हजार ७७४ मत गणना हुँदा कांग्रेसका लेखकले २६ हजार ३८३ मतसहित १० हजार ३३१ मतको अग्रता बनाएका छन् । 

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १६ हजार ५५ मत मात्रै प्राप्त गरेकी छिन् ।

क्षेत्र नम्बर ३ मा कूल ५७ हजार ९५५ मत खसेको थियो । अब ७ हजार १८१ मत मात्रै गन्न बाँकी छ । यसरी उनको जित निश्चित देखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ