arrow

इन्द्र बानियाँको जित पक्का

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर ७ बुधबार
indra-baniya-final.jpg
तस्बिर – फाइल ।

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका इन्द्रबहादुर बानियाँको जित निश्चित भएको छ । यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकोमा हालसम्म ३७ हजार २२४ मतगणना हुँदा बानियाँले १७ हजार ३०१ मत पाएका छन् ।

बानियाँले हाल प्राप्त गरेको मतका आधार र हाल गणना भैरहेको क्षेत्रमा गठबन्धनकै प्रभाव बलियो देखिएकाले उनको जित सुनिश्चित देखिएको नेताहरुले बताएका छन् । नेकपा एमालेका लालबहादुर थापाले १५ हजार ६९५ मत पाएका छन् ।

बानियाँ, थापाभन्दा १ हजार ६०६ मतले अगाडि छन् । सो क्षेत्रमा अब २ हजार ९०४ मत गणना गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ