arrow

काठमाडौं ८ का प्रदेशसभामा बज्रचार्य र थापा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार

काठमाडौं ।  काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी भएका छन् । उनले पाँच हजार ४६२ मत प्राप्त गरे । 

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिए ।

यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाएका छन् । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाएको उनले जानकारी दिए ।

क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ