विश्वप्रकाश निर्वाचित, अग्नि १४ हजार २७५ मतको अन्तरले पराजित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
1.5k
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पहिलो पटक संसदीय निर्वाचन जितेका छन् । उनले झापा १ बाट प्रतिनिधि सभाको निर्वाचन जितेका हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई भारी मतले पराजित गर्दै विश्वप्रकाश विजयी भएका हुन् । शर्माले ३९ हजार ६२४ मत प्राप्त गरे खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् ।
शर्माले १४ हजार २७५ मतको अन्तरले जित हासिल गरेका हुन् । त्यहाँ ८१ हजार ७ सय ६४ मत खसेको थियो ।