arrow

रौतहट ४ क मा गठबन्धनका समीर निर्वाचित 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ मंसिर ७ बुधबार
yubraj-bhattarai-samir-rautahat-4a.jpg

चन्द्रपुर । रौतहट क्षेत्र नं ४ (क) प्रदेश सभामा वाम लोकतान्त्रिक गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वार युवराज भट्टराई समीर विजयी भएका छन् ।  

उनले १५ हजार ३ सय ६८ मत प्राप्त गरेका छ्न् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश्वर चौधरीलाई ५ हजार ८७ मतान्तरले उछिन्दै विजय हासिल गरेका हुन् । 

एमालेका उम्मेद्वार चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे । 

यता क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार देवप्रसाद तिमल्सिना अघि छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ