arrow

१२ हजार मत गन्न बाँकी छँदै प्रचण्डको जित निश्चित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-gorkha-2-maoist-uml-prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो जित हासिल गर्ने पक्का भएको छ । उनले १२ हजार मत गन्न बाँकी छँदै जित सुनिश्चित गरिसकेका छन् । 

गोरखा २ बाट उनले फराकिलो जित हासिल गर्नै लागेका हुन् । प्रचण्डले २१ हजार ७४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत ल्याएका छन् । एमाले तेस्रोमा छ । एमालेका अब्दुस मियाले ५ हजार ६३७ मतमात्र ल्याएका छन् । 

बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६११ मत रहेकाले प्रचण्डले बाँकी मत गन्न छँदै जित निश्चित बनाएका हुन् । 

चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोर्खा गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ