अजय चौरसिया पर्सा २ बाट निर्वाचित, जसपाका कुर्मी छ हजार छ सय मतान्तरले पराजित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
1k
Shares
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् ।
चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।