arrow

इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो, एमालेका लालबहादुरलाई हराए 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर ७ बुधबार
indra-baniya-congress-bagmati-.jpg

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा ख मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

नेकपा एमालेका लालबहादुर थापालाई १ हजार ७८२ मतलेमतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । 

यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकामा बानियाँले १८ हजार ७१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले  १६ हजार ९३४ मत प्राप्त गरे । 

बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका नेकपा एमालेका राजाराम स्याङ्तानलाई १ हजार ४११ मतले पछि पार्दै जित हात पारेका थिए ।

उनी बागमती प्रदेश सभाका कांग्रेसका निवर्तमान संसदीय दलका नेता हुन् । सत्तागठबन्धनबीच नेकपा एसका राजेन्द्र पाण्डे र बानियाँले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको भए पनि पाण्डेले सत्ता नछाडेपछि बानियाँ मुख्यमन्त्री बन्न पाएका थिएनन् । 

यसपटक भने बानियाँले नै बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ