arrow

लोसपाले प्रतिनिधि सभामा खाता खोल्यो, सर्वेन्द्रनाथ शुक्ल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
rupendehi4-sarvendranath-shukla.jpg

रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतान्तरले पछार्दै विजयी भएका हुन् । 

कुल ७६ हजार छ सय ७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताएका छन् । निर्वाचन कार्यालयका अनुसार शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका यादवले २२ हजार ७ सय चार प्राप्त गरेका छन् । जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घरभएका शुक्ल यस क्षेत्रबाट तेस्रो पटक चुनाव जितेका हुन् । उनी छ पटक मन्त्री भइसकेका छन् । 

यस्तै प्रदेश सभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन् भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दीन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन् । 

प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगणना शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ