arrow

दोलखा घर भइ भक्तपुर बसेर काठमाडौंको चुनाव जितेकी सोबिताको संसदीय यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
sobita-gautam-ktm-2.jpg

काठमाडौं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोबिता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै छिन् । 

लामो राजनीतिक पृष्ठभूमि भएका ठूला कदका प्रतिस्पर्धीलाई पछि पारेर स्थायी घर दोखलाको जफे भई हाल भक्तपुर बस्ने २७ वर्षीया गौतम यस पटकको निर्वाचनबाट संसदीय यात्रामा प्रवेश गर्न लागेकी हुन् ।  

केही समयअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजधानी काठमाडौँकै निर्वाचन क्षेत्रबाट पहिलो प्रयासमा नै उनी प्रतिनिधि सभा सदस्य बनेकी छिन् । गौतमले यो निर्वाचनमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार ओनसरी घर्तीमगरलाई फराकिलो मतान्तरले पराजित गरेकी छिन् । 
    
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गौतमले नागरिकको आधारभूत आवश्यकता पूरा गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएकी छिन् । 

विजयपछि मतदातालाई धन्यवाद दिँदै उनले निर्वाचनका दौरानमा उठाएका जनताको मुद्दालाई सदनमा निरन्तर झकझक्याइरहने विश्वास व्यक्त गरिन् । 
 
एक प्रश्नको जवाफमा गौतमले संवैधानिक समाजवादलाई स्वीकार्दै विद्यमान प्रदेशसभा अलि भद्दा भएकाले पार्टीले प्रदेश सभामा उम्मेदवार नउठाएको प्रतिक्रिया दिइन् । 

यो पनि,

प्रतिनिधि सभामा घण्टीको पहिलो जित, काठमाडौं २ मा सोबिता गौतम विजयी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ