arrow

ज्ञानेन्द्र शाहीले जित्ने पक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
jumla1.jpg

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले शुरुआतदेखिनै अग्रता लिइरहेका छन् । ३६ हजार ३१ मतगणना गन्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३ सय ५६ मतले शाही अगाडि छन् । उनले जित्ने निश्चित छ । 

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ९ हजार ६ सय ६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १ सय ४७ मत प्राप्त गरेका छन् । 

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८ सय ३ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका डाक्टर कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेद्वार बनेका थिए । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ४ सय ११ मत प्राप्त गरेका छन्। 

१ हजार ९ सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । त्यहाँ ४५ हजार ६५ मत खसेको थियो । 

अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ