arrow

नेकपा एसको अर्को सफलता, किसान बाराबाट विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
bara-4.jpg

बारा । बारा क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिए ।

बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये अन्य तीन क्षेत्रमा मतगणना जारी छ । जारी मतगणनाअनुसार बारा १ मा नेकपा एमालेका अच्युत मैनाली, बारा २ मा जसपाका रामसहाय यादव र बारा ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह अग्र स्थानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ