arrow

कास्की २ (ख) मा कांग्रेसका विन्दुकुमार थापाको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
Bindu-K-Thapa.jpg

पोखरा । कास्की क्षेत्र नं. २ (ख) का गण्डकी प्रदेशसभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेद्वार विन्दुकुमार थापाले फराकिलो अग्रता हासिल गरेका छन् ।

उनले नेकपा एमालेका उम्मेद्वार मीना गुरुङभन्दा १९ सय ३३ मतान्तर बनाएका हुन् । 

कूल १३ हजार ३२३ मत गणना हुँदा गण्डकी प्रदेश सरकारमा कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीसमेत रहेका थापाले ५७ सय ५६ मत ल्याएका छन् । 

यस्तै, गण्डकी प्रदेश सभाकै सदस्य रहेकी गुरुङले ३८ सय २३ र राप्रपा कास्कीका प्रवक्तासमेत रहेका अरुण गिरीले २५ सय ७० मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ