arrow

गोरखामा १६ हजार बढी मतान्तरले राजेन्द्र बजगाईं विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
rajendra-bajghain-new.jpg

गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा-१ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी भएका छन् । सम्पन्न मतगणनामा उनले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गरेका हुन् । 

 उनका निकटतम प्रतिस्पर्धी नेकपा ( एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गरेका छन् । 

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराएका हुन् । 

विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । 

विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगार्इं पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ