कांग्रेसका शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका घिमिरे विजयी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
982
Shares
रुपन्देही । रुपन्देही -५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन् ।
गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए ।
कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।