हृदयेश त्रिपाठी उक्लिए दोस्रोमा, विनोद चौधरी ५ हजार मतले अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1.3k
Shares
नवलपरासी । जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी तेस्रो स्थानबाट दोस्रोमा उक्लिएका छन् ।
नवलपरासी पश्चिम १ को मतगणनाको सुरुदेखि नै पछि परेका त्रिपाठी अहिले दोस्रो स्थानमा रहेका छन् । हृदयेश त्रिपाठीले १५ हजार ३६९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी हृदयेश त्रिपाठी भन्दा ५ हजार ४७ मतले अगाडि रहेका हुन् । पछिल्लो मतगणना अनुसार चौधरीले २० हजार ४१६ मत पाएका छन् ।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र ठकुरीले ११ हजार ९३३ मत पाएका छन् ।